Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २८ वर्षीय -यापर टेकअफको गोनी हानी हत्या


    बुधबार, कार्तिक १६ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौँ। चिर्चित अमेरीकी -यापर टेकअफको मंगलबार दिउँसो दुई बजे गोली हानी हत्या गरिएको छ। मंगलबार दिउँसो ह्युस्टानमा डाईस खेलिरहेका २८ वर्षीय टेकअफमाथि अपरिचित व्यक्तिले गोली प्रहर गर्दा उनको घटनास्थलमै उनको मृत्यु भएको हो।

    केहि व्यक्तिहरुले उनलाई बाटोमा ढलिरहेको अवस्थामा भेटेपछि नजिकको अस्पताल लगेको स्थानीय प्रहरी प्रमूख ट्रोई फिनरले जनाएका छन् । उनको हत्यापछि नेपाल लगायत विश्वभरका कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।

    उक्त घटनामा संग्लग्न भएको आरोपमा अहिलेसम्म कुनै व्यक्तिलाई पनि पक्राउ गरेको छैन् । टेकअफ चर्चित मिगोसा व्याण्डमा आवद्ध थिए । जुन व्याण्डले सन् २०१३ देखि चर्चा कमाएको थियो । यापर ड्रेकले यो समूहको गीतलाई रिमिक्स गरेर गाएपछि ब्याण्डको चर्चा चुलिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार