काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सडक क्षेत्र विस्तार गर्न बुधवार सरकारी संरचनामाथि डोजर चलाएका छन् ।
कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको हो ।
बुधवार डोजरसहित एक्शनमा उत्रिएका मेयर हमालले १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालका सटरमा डोजर चलाएका हुन् । अस्पतालको स्वामित्वमा रहेका सटरहरू निजी फर्महरूले भाडामा प्रयोग गर्दै आएका थिए । उक्त सडक विस्तार गर्न धनगढी उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका उपमहानगरपालिकाले जनाएको छ।