Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध लागूऔषधसहित ५ जना पक्राउ  


    बुधबार, कार्तिक १६ २०७९
    495
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। देशका विभिन्न स्थान कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका–१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग।२ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    यस्तै, बाँकेको डुडुवा गाउँपालिका–५ बाट ६ सय मिलिग्राम  ब्राउनसुगरसहित सोही गाउँपालिका–४ खाले मसाह बस्ने ३६ वर्षीय जगदिश कुमार वर्मा समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  

    इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    

    कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रीनगर व्यारेल नजिकबाट ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय कृष्ण सुनार समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार