Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एलोन मस्कको ट्विटरमा टेस्लाका ५० कर्मचारीहरू समावेश 


    बुधबार, कार्तिक १६ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। हाल ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले आफ्ना अन्य कम्पनीका ५० कर्मचारीहरूलाई सामाजिक सञ्जाल ट्विटरमा काम गर्न अख्यितार प्रदान गरेका छन् । अन्य चार कम्पनी चलाउने मस्कले यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश गरेका छन् ।  प्रायः अटोपाइलट टोलीका छन् । दुई जना बोरिङ कम्पनीका र एकजना न्युरालिङ्कका छन् ।  

    मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

    मस्कले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरीलगायत छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार