काठमाडौं। अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी-२० विश्वकपअन्तर्गत मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ। उक्त खेलमा अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य श्रीलंकाले ९ बल अगावै पूरा गरेको थियो।
यसअघि अफगानिस्तानले निर्धारित ओभरको खेलमा ८ विकेट बनाउँदै १४४ रन जोडेको थियो। धनन्जयले श्रीलंकाका लागि अविजित ६६ रन बनाए। त्यस्तै पथुमले १०, कुशलले २५, चारिथ अशलंकाले १९ रन बनाए। उक्त योगफल तयार पार्न अफगानिस्तानका लागि रहमुल्लाह गुरबाजले २८, उस्मान घानीले २७, इब्राहिमले २२, नाजिबुल्लाहले १८, गुलबन्दीनले १२ र कप्तान मोहम्मद नाबीले १३ रन हात पारेका थिए।
लगातार दुईपटक पराजित भएको अफगानिस्तान यससँगै पहिलो चरणबाटै बाहिरिएको छ।
४ खेलमा दुई खेल जित्दै श्रीलंका ४ अंकसहित समूहचरणको तेस्रो नम्बरमा रहेर यता श्रीलंकाले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।