Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवलपरासीमा अचानक डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते  


    मंगलबार, कार्तिक १५ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवलपरासी(पश्चिम) को सुस्ता गाउँपालिका–४ स्थित नर्सही घोलामा डुङ्गा पल्टिँदा ३ जनाको सोमबार साँझ मृत्यु भएको छ । 

    मृत्यु हुनेहरुमा सोही गाउँपालिका–४ गोकुलनगर बस्ने २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ता रहेका छन् । 

    घोलापारी रहेको पटनहियामा पिकनिक गई फर्किएका सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ५ जना डुङ्गामा चढी घोला तर्ने क्रममा अचानक डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ । 

    डुङ्गा पल्टिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्दार गरी उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु हो । 

    घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानिको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार