काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हाे ।
याेसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै,चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १५ रुपैयाँमा किनबेच भइरहेकाे छ ।