Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालटारमा बस र जिप ठोक्किँदा एक युवकको मृत्यु


    सोमबार, कार्तिक १४ २०७९
    425
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा सोमबार बिहान बस र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप आज बिहान १० बजे अचानक पल्टिएर बिपरित दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्बरको बसमा ठोक्किएको थियो । 

    उक्त दुर्घटनामा गम्भिर घाइते भएका जिप चालक मकवानपुर घर भइ काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा आज दिउसो सवा १२ बजे मृत्यु भएको हो ।  घाईते भएका जिपका परिचालक काभ्रेस्थलीका २४ वर्षीय बिकेश तामाङको सोहि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार