Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एलन मस्कको हातमा ट्विटर: प्रयोगकर्ताहरूबाट प्रतिमहिना २० डलर शुल्क लिने 


    सोमबार, कार्तिक १४ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनी व्यक्ति एलन मस्कले सोसल मिडिया ट्विटर खरिद गरेर ट्विटरको मालिक बनेपछि ट्विटर मस्ककै नियन्त्रणमा हुने भएको छ। ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका धनाढ्य मस्कले अब यस प्लेटफर्मबाट पैसा कमाउन नयाँ योजनाबारे सोचिरहेका छन्।

    मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ । भर्जका अनुसार मस्कले आइतबार कर्मचारीहरूलाई नोभेम्बर ८ सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए । 

    हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउनेछन् । आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार