Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लगानी गर्ने रकम नभएपछि बैङ्कहरूले केन्द्रीय बैङ्कसँग लिए २२ खर्ब 


    आइतबार, कार्तिक १३ २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । बैङ्कहरूसँग अझै पनि लगानी गर्ने रकम पर्याप्त नभएपछि पटक पटक गरी  बैङ्कहरूले कम्तिमा २२ खर्ब रुपैयाँभन्दा बढी अल्पकालीन सापटी नेपाल राष्ट्र बैङ्कसँग लिएका छन् ।

    बैङ्कहरूले चालु आर्थिक वर्षको ३ महिनामा २२ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ केन्द्रीय बैङ्कसँग अल्पकालीन सापटी लिएका हुन् । पटक पटक गरी यो रकम केन्द्रीय बैङ्कले बैङ्कहरूलाई स्थायी तरलता सुविधाको रूपमा उपलब्ध गराएको हो । यसमा ओभरनाइट रिपो ६० अर्ब ४२ करोड बैङ्कहरूले लिएका छन् ।

    सरकारी ऋणपत्र धितोमा बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कबाट लिने अल्पकालीन सापटी नै एसएलएफ (स्थायी तरलता सुविधा) हो । सरकारी ऋणपत्रको धितो राखेर यस्तो सापटी ७ दिनसम्मका लागि लिन पाइन्छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार