Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो


    आइतबार, कार्तिक १३ २०७९
    630
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहान नवलपरासी बर्दघाट सुस्ता पुर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । उक्त दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो। 

    मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् । 

    उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जानकारी दिएको छ । 

    ३० जना घाइते भएका घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था भने गम्भीर रहेको छ । 

    पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार