काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको घटेर कारोबार भइरहेको छ। गत साता तिहारले गर्दा तोलामा १५ सय रुपैयाँले बढेको सुनको मूल्य यस साताको पहिलो कारोबार दिन आइतबार भने तोलामै १ हजार रुपैयाँले घटेको छ ।
छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यससँगै, चाँदी आज तोलाको १२ सय रुपैयाँमा काराेबार भइरहेको छ ।