Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा हिन्दु–मुस्लिमबीच झडप: सत्यतथ्य छानबिन गर्न आदेश 


    शुक्रबार, कार्तिक ११ २०७९
    955
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। बिहीबार बिहान महोत्तरीको भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई आदेश दिएका छन् । हिजो दुई पक्षबीच झडप भएपछि महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ।  अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाबारे विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् । 

    बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्‍याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । साथै  प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् । प्रहरीले लाठीचार्ज पनि गरेका छन् । स्थानीयका अनुसार झडपका क्रममा केहि स्थानीय घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केहि प्रहरी पनि घाइते भएका छन् ।

    तसर्थ अध्यक्ष डा.दत्तले संयमित भएर एकआपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्‍याउन सम्बन्धित सबै पक्षलाई अनुरोध समेत गरेका छन् 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार