Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको एक रिसोर्टबाट १८ पक्राउ


    शुक्रबार, कार्तिक ११ २०७९
    490
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंको एक रिसोर्टबाट जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    भाईटीकाको दिन हिजो बिहीबार राति ८ बजे नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको हो।

    जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। 

    उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ। यस्तै १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ।

    घटनामा जोडिएका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार