Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत


    मंगलबार, कार्तिक ८ २०७९
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो । 

    साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत)  १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो ।

    तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए । 

    त्यसअघिल्ला वर्षमा प्राधिकरणले झिलीमिली बत्ती नबाल्न आग्रह गर्दथ्यो भने लक्ष्मीपूजामा पनि लोडसेडिङ हुन्थ्यो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार