Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज कुकुर तिहार मनाइँदै


    सोमबार, कार्तिक ७ २०७९
    925
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।आज कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन सुरक्षा गर्ने कुकुरलाई आज घरघरमा पूजा आराधनासहित मीठा-मीठा परिकारका खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष देवमणि भट्टराई नरकेले चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्।

    कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए।वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।

     

    कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार