Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु, पहिलो कारोबार कतिमा ?


    आइतबार, कार्तिक ६ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। स्पेशल प्रि ओपन सेसनमा साताको पहिलो करोबारको दिन आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो ।
     
    नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो । 

    कम्पनीको १० लाख ३१ हजार कित्ता आइपिओ बिहीबार सूचीकृत भएको हो। 

    यस्तै, कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता सेयर सूचीकृत गराएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार