Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध लागूऔषधसहित ८ जना पक्राउ 


    शुक्रबार, कार्तिक ४ २०७९
    1.7K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । 

    झापाको भद्रपुर नगरपालिका–८ बाट चार ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय आतिस राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

    वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    कैलालीको गोदावरी नगरपालिका–९ शेरीबाट २५ ग्राम हिरोईनसहित सोही ठाउँ बस्ने खगेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

    प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हिरोईनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय समिर बिक समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ९ सय  ट्याब्लेट, नाइट्रोजन ३ सय ट्याब्लेट र एग्जिपलोन  १ सय एमएलको ५० बोतल सहित औरही गाउँपालिका–२ बस्ने ४० वर्षीय रंजित कुमार मण्डल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बीआर ३२ आर ४४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल, फेनारागन ४६ एम्पुल र नगद २३ हजार रुपैयाँ सहित कास्की जिल्ला पोखरा महानगरपालिका–१९ बस्ने २६ वर्षीया सन्तु घर्ति मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार