Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अष्ट्रेलियाको जहाजमा सवार तीन यात्रुलाई कोरोनाको संक्रमण


    शुक्रबार, चैत्र ७ २०७६
    570
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी, ७ चैत । अष्ट्रेलियामा थप तीन जनामा कोरोना भाइरस पुष्टि भएको छ । न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुमा गरिएको परीक्षणमा तीन जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।
    ३८ सय जना यात्रु बोकेको उक्त जहाजका तीनजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमणको पुष्टि भएसँगै अष्ट्रेलियाले सबै यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी जारी गरेको छ । न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुमा गरिएको परीक्षणमा तीन जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

    उक्त जहाज बिहीबार सिड्नीमा रोकिएको थियो । जहाजमा एक हजार चालक दलका सदस्य थिए भने २७०० यात्रु रहेको बताइएको छ । उक्त जहाज सिड्नी आउनुअघि न्यूजिल्याण्ड पुगेको थियो । हजार्डले सरकारको चिन्ता भाइरस भेटिनु नभई त्यहाँका मानिस रहेको बताएका छन् संक्रमित पुष्टि भएकामध्ये एक चालक दलका सदस्य र दुई यात्रु छन् ।

    अष्ट्रेलियाले यसअघि नै विदेशबाट आउने नागरिकलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइसकेको छ ।

    अष्ट्रेलियामा १०० भन्दा बढी मानिसको भेलामा प्रतिबन्ध लगाइएको छ । अहिले अष्ट्रेलियामा ८ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये सातजनाको ज्यान गइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार