काठमाडौं। नवौं राष्ट्रिय खेलकुद (२०७९) प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् । पोखरा रङ्गशालामा आज साँझ हुँदै गरेको राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी भएका हुन्।
पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।