काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज एक अंकले घटेर बन्द भएको छ । निरन्तर रुपमा ओरालो लागिरहेको शेयर बजारमा बिहीबार १.३८ अंकले घटेर १८४४.१४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स भने ०.०९ अंकले वृद्धि भएर ३६३.०५ अंकमा बन्द भएको छ । यस्तै बुधबार नेप्से १२.८१ अंकले घटेर १ हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको थियो ।
बिहीबार नेप्सेमा सामान्य गिरावट हुँदा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । बिहीबार बजारमा १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै अभियान लघुवित्तको आज सवार्धिक ३ करोड ६९ लाख ५३ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार र एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ । यता ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबार नेप्से सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ ।