काठमाडौँ। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि एपीएफ क्लबलेले हात पारेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज बिहीबार भएको फाइनलमा विभागीय डर्वी भिड्न्तमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-० ले पराजित गर्दे स्वर्ण जितेको हो।
एपिएफले खेलमा पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २७-२५ ले जितेको थियो।
त्यस्तै, प्रतियोगिताको तेस्रो सेट २६-२४ ले जित आफ्नो पक्षमा पार्याे।
उक्त प्रतियोगितामा नेपाल पुलिस क्लबले कास्य पदक हात पारेको थियो।