Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद


    बिहिबार, कार्तिक ३ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–१७ कटरैटमा मे. १ च ३५० नम्बरको एम्बुलेन्सबाट प्रहरीले पटाकासहित भन्सार छलीको सामान बरामद गरेको छ । 

    सो एम्बुलेन्स माई भ्याली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका, भन्सार छलीको बदाम, पापड र आल्मोन्ड बरामद गरिएको डिएसपी क्षेत्रीले बताए । भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय तारापट्टिबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेका थिए। 

    एम्बुलेन्सलाई सामानसहित भन्सार कार्यालय जनकपुरमा पठाइने तयारी भएको डीएसपी क्षेत्रीले जनाए। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार