काठमाडौँ। देशभर पछिल्लो २४ घण्टाभित्र थप ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार१ हजार ७८३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२ तथा एन्टीजेनबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२८ जना पुगेको छ ।देशभर पछिल्लो २४ घण्टामा २१ हजार ४२५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।