काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटमा पहिलो भूकम्प जाँदा त्यसको ठिक ४५ मिनेट भित्र अर्को भूकम्प गएको छ । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर आज दिउँसो २ वटा अर्थात् २ पटक भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर पहिलो भूकम्पको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
पहिलो भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको र दोश्रो कम्पन ४.५ म्याग्निच्युटको रहेको छ ।
बुधबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँ साथै भारत र चीनका केही भूभागमा पनि भूकम्पको धक्का महसुस भएको जानकारी प्राप्त छ।