Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन


    बुधबार, कार्तिक २ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा सुरक्षित प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

    क्यानले  असोज ३० मा प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि उक्त प्याराग्लाइडिङको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको थियो । 

    उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइए पनि स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको निरौलाको भनाइ छ ।  राष्ट्रिय खेलकुद अन्तर्गत आइतबार बिहान पोखराको सराङकोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएको थियो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार