Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुद: नेपाल प्रहरीलाई ४३ स्वर्ण   


    बुधबार, कार्तिक २ २०७९
    425
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ४३ स्वर्ण, ३८ रजत र ४८ कास्य गरेर १२९ पदक हाँसिल गरेको छ ।

    विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, २ रजत र ५ कास्य, भारोत्तोलनमा ८ स्वर्ण र ५ रजत प्राप्त गरेको छ । 

    टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, जुडोमा ३ स्वर्ण, १ रजत र ५ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य प्रहरीले हात पारेको छ । 

    यस्तै पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ४ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य प्रहरीका खेलाडीले जितेका छन् । 

    बुद्धिचालमा ३ रजत, सुटिङमा १ रजत र २ कास्य, आर्चरीमा १ रजत, आईटिएफ तेक्वान्दोमा ४ कास्य, लन टेनिसमा २ कास्य तथा ब्याडमिन्टनमा २ कास्य पनि प्रहरीले जितेको छ । 

    नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ १८ स्वर्ण, १७ रजत र २६ कास्य,  पुरूषतर्फ २३ स्वर्ण, २० रजत र २१ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, १ रजत र १ कास्य पदक हात पर्न सफल भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार