Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताप्लेजुङमा ट्रयाक्टर अनियन्त्रित भइ पल्टिदा ४ जनाको मृत्यु 


    बुधबार, कार्तिक २ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ताप्लेजुङमा ट्रयाक्टर अनियन्त्रित भइ पल्टिदा ४ जनाको मृत्यु भएको छ। 
     
    जिल्लाको मौवाखोला गाउँपालिका–४ चाप्लिङ खोल्सामा गएराती ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

    मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही गाउँपालिका–५ का ३१ वर्षीय पासाङ शेर्पा, ट्रयाक्टरमा सवार २४ वर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया सर्मिला शेर्पा रहेका छन् । 

    गएराती साढे १२ बजे तेलाबुङबाट काम्साङतर्फ फर्किने क्रममा अल्फाबेट नखुलेको ५६५५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार