Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  खड्गे बने भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्ष


    बुधबार, कार्तिक २ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा  ८० वर्षीय माल्लिकार्जुन खड्गे विजयी भएका छन् । सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्प्रर्धा भएको थियो ।

    पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर निर्वाचित भएका हुन्। बुधबार मतगणना गरिएको थियो । कर्नाटकाका खड्गे दलित समुदायका हुन्। ८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्।

    यस्तै, कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए । खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 
    यसैबीच, थरूरले हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन्। भारतीय राष्ट्रिय कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार