Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति 


    बुधबार, कार्तिक २ २०७९
    670
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। एक नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

    गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले अझै थप चार दिन न्यायिक थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    गत असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले अनुसन्धानका लागि भन्दै सुरुमा ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंले अनुसन्धान नसकिएको भन्दै यो तेस्रो पटक म्याद थप गरेको हो ।  

    यस्तै, कानूनतः प्रहरीले २४ दिनसम्म लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले यो अवधिमा सरकारी वकिलको उपस्थितिमा लामिछानेको बयान लिएको छ । त्यसमा उनले जाहेरवालासँग घुम्न गएको र सँगै बसेको स्वीकारेका छन् ।

    एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार