Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  प्रियंकाको ‘फुलबारी’ फागुनमा रिलिज हुने 


    बुधबार, कार्तिक २ २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्र ‘फूलबारी’ फागुनबाट प्रदर्शनमा आउने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको यस फिल्म आगामी ५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण भएको युनिटले जनाएको छ । ७ फागुन प्रजातन्त्र दिवस र ९ ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेर फिल्म प्रदर्शनमा ल्याइन लागेको हो । फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय छ । 

    यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले छायांकन गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार