काठमाडौँ। भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा एक हेलिकप्टर दुर्घटना भएको छ। मंगलबार दिउँसो केदारनाथबाट दुई किलोमिटर टाढा रहेको गरुडचट्टीमा हेलिकप्टर जमिनमा बजारिएको हो।
उद्धारटोली अहिले घटनास्थलमा पुगिसकेको भारतीय सञ्चारकर्मीहरुले जनाएका छन् । उक्त दुर्घटना खराब मौसमको कारण भएको बताइएको छ।
आर्यन कम्पनीको उक्त हेलिकप्टरमा ७ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेलिकप्टर केदारनाथबाट यात्री लिएर फर्कदै गर्दा विष्फोटको ठूलो आवाज आएपछि स्थानीय मानिसहरुले प्रहरीलाई यसको जानकारी गरेका थिए।