Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम खर्च काठमाडौंका उम्मेदवारले गर्नुपर्ने 


    मंगलबार, कार्तिक १ २०७९
    605
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्ने सम्बन्धि खर्च निर्धारण गरेको छ। 

    देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो । 

    आयोगका अनुसार काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारी दिने प्रत्येकले बढीमा २५ लाख रुपैयाँ र बाँकी पाँच वटामा उम्मेदवारी दिने प्रत्येकले २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । 

    उम्मेदवारले  काठमाडौंका पाँच निर्वाचन क्ष्ोत्र १, ३, ६, ७ र ८मा प्रचार–प्रसारमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । 

    यस्तै, उम्मेदवारले प्रचार–प्रसारमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा २, ४, ५, ९ र १० रहेका छन् । 

    निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने हिसाबले देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार