एजेन्सी। दक्षिण कोरियाको चर्चित व्यान्ड ग्रुप बीटीएसका सबै सदस्य चाँडै नै देशको सेनामा भर्ना हुने भएका छन् । दक्षिण कोरियाको नियमअनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवालाई सेनामा दुई वर्षको तालिमसहित भर्ना हुन पाउने छन्।
बीटीएसका जति सदस्य छन्, तीमध्ये एकलाई छाडेर बाँकी सबैको उमेर २८ भन्दा कम छ । यहीकारण त्यहाँको नियम पालना गर्दै उनीहरू सेनामा भर्ना हुन लागेका हुन् ।
उक्त व्यान्डका मेनेजरले हालै एक अन्तर्वार्तामा अब बीटीएस सन् २०२५ को आसपास मात्र स्रोता तथा दर्शकमाझ आउने बताएका थिए ।