Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लङजम्पमा आर्मीकी जयरानीलाई कीर्तिमानसहित स्वर्ण 


    मंगलबार, कार्तिक १ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक हात परेकी छन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी हुन् ।

    मंगलबार नै व्यक्तिगत उत्कृष्ट नतिजा निकालेकी निशाले ५.४९ मिटरसहित रजत पदक जितिन् । यसअघि कीर्तिमान बनाएकी निशाले त्योभन्दा उत्कृष्ट नतिजा निकाले पनि स्वर्ण जित्न सकिनन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले ५.३१ मिटरसहित कास्य पदक जितेकी छन् ।

    यस्तै, गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार