काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बन्द हुने भएको छ ।
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा देशभर आज सार्वजनिक बिदा दिइएको छ। सोही कारण आज सम्पूर्ण आर्थिक कारोबार बन्द रहने भएकाले नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार भोलि बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।