Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्यमोहनको निधनको शोकमा भोलि सार्वजनिक बिदा


    सोमबार, असोज ३१ २०७९
    475
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौै। सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति शोक व्यक्त गर्दै भोलि मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ। 

    सोमबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।   

    शताब्दी पुरुष जोशीको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा असोज ३० गते बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको थियो। 

    ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शोक व्यक्त गर्दै आइतबार राष्ट्रिय झण्डा ओढाएका थिए ।

    311805140_646864410141301_5557862694583725580_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार