Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  हत्या अभियोगमा १२ वर्षदेखि फरार अभियुक्त पक्राउ


    सोमबार, असोज ३१ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । हत्या मुद्दामा १२ वर्ष अघिदेखि फरार एक अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

    २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका-१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाकाे हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएकाे थियाे ।

    त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हाे । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेकाे परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरेकाे उनले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार