Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पूर्वएआईजी भण्डारीलाई 


    सोमबार, असोज ३१ २०७९
    460
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । प्रहरी दिवसको अवसरमा सोमबार बिहान आयोजित कार्यक्रममा भण्डारीलाई लाइफटाइम अचिभमेन्ट प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्डबाट सम्मान गरिएको हो ।

    उक्त कार्यक्रममा प्रधानमन्त्री देउवासहित, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक आयोगका प्रमुखहरू, पूर्वप्रहरी अधिकृत लगायतको उपस्थिति थियो।

    कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान समेत गरिएको थियो । दिवंगत प्रहरीहरुको सम्मानमा निर्मित स्तम्भमा आगन्तुकहरुले माल्यार्पण पनि गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीले ड्रोनमार्फत् प्रहरी दिवसको ब्यानर उडाएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका थिए । 

    विसं २०१२ सालमा नेपाल प्रहरी संगठनको स्थापना भएको हो। नेपाल प्रहरीले आज विभिन्न कार्यक्रम गरी आफ्नो ६७ औं प्रहरी दिवस मनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार