Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कात्तिकदेखि कर्जाको ब्याज बढ्दै 


    सोमबार, असोज ३१ २०७९
    615
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । कात्तिक १ गतेदेखि कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । मंगलबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । अब बैंक कर्जाको ब्याजदर बढेर १८ प्रतिशतसम्म पुग्ने अनुमान छ । कार्तिकमा निक्षेपको ब्याजदर भने नबढ्ने र निक्षेपको ब्याजदर असोज महिनासम्मको जस्तै हुनेछ ।

    बेस रेट घटीमा पनि ०.५ प्रतिशत विन्दुले बढ्ने र त्यसमा प्रिमियम पनि थपिंदा ब्याजदर बढेर १७ देखि १८ प्रतिशतसम्म पुग्ने नेपाल बैंकर्स संघका कार्यकारी सदस्य सन्तोष कोइरालाले जानकारी दिए। 

    बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् भने रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशतदेखि १५.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । भदौसम्म व्यक्तिगत मुद्दति ११.०३ प्रतिशत र संस्थागतमा ९.०३ प्रतिशत थियो । 

    यस्तै साधारण बचतमा ६.०३ प्रतिशत न्युनतम र ८.०३ प्रतिशत अधिकतम ब्याजदर रहेकोमा असोजमा न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशत तथा रेमिट्यान्स बचतमा १.१३३ प्रतिशत ब्याजदर पुर्याइएको थियो । बैंकर्स संघमा भद्र सहमति भएर कात्तिकको लागि पनि बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    ‘निक्षेपको ब्याजदर बढेसँगै बेस रेटसँगै कर्जाको ब्याजदर पनि वृद्धि हुन्छ । असोजमा बैंकहरुको बेसरेट न्युनतम पनि ०.५ प्रतिशत विन्दुले वृद्धि हुन्छ,’ बैंकर कोइराला भन्छन्, ‘यसले कर्जाको ब्याजदर पनि सोही रुपमा बढ्ने छ ।’ यस्तै अवस्था रहे आम्दानी निश्चित भएका मध्यमवर्गका ऋणीहरुले किस्ता तिर्न नसक्ने अवस्था आउनसक्ने उनी बताउँछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार