Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते


    सोमबार, असोज ३१ २०७९
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । 

    घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका  बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ । 

    अन्य घाइतेहरुको गढिमाई अस्पतालमा उपचार भइरहेको छ ।  

    काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो । 

    दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् । 

    चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार