Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घनश्यामले भने- ओलीले पार्टीको विधान मिच्ने, संविधान पनि कुल्चने काम गरे  


    आइतबार, असोज ३० २०७९
    500
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। केहि दिनअघि नेकपा एमाले परित्याग गरेर रुपन्देही निर्वाचन चेतरा नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि टिप्पणी गरेका छन् । आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले अध्यक्ष  ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निकै निरंकुश भएको बताए। 

    नेता भुसालले भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए ।’ उनले ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको उल्लेख गरे । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर ओलीले काम गरेकाले पार्टीमा समस्या उत्पन्न भएको उनले तर्क गरे । 

    पटकपटक संसद विघटन गरेर ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसविरुद्ध आफूले पार्टीमा संघर्ष गरेको भुसालले उल्लेख गरे । 

    आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन क्षेत्र नं. १ मा आफूहरूले सहजै जितिसकेको पनि उनले पुष्टि गरे । उनले भने, ‘चुनाव अघि पनि जित्न सकिन्छ, हामीले चुनाव जितिसकेका छौं ।’ चुनावी माहोल अनुसार आफ्नो टिमले चुनाव सजिलै जित्ने उनले दाबी गरे । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार