Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकगायक राजु परियारलाई पितृ शोक


    आइतबार, असोज ३० २०७९
    590
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। चर्चित लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । परियारका ७२ वर्षीय बुबाको आज बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको हो । ३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पीडित परियारको केही अगाडि काठमाडौंमा उपचार भएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई चितवन पुर्याइएको थियो ।

    उनले फेसबुकमा लेखेका छन्– ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दसँैको टिका लगाउँदा भन्नुभाथ्यो । अर्को सालको दसैं म नहुन पनि सक्छु भनेर ! । सायद हजुरलाई थाहा थियो होला यी कुरा तर मलाइ भन्नुभएन किन ? जे होस् मेरो बुवाको जेठो छोरा म … मेरो बुवाको अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाका लागि बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चिर शान्तिको कामना बुवा हजुर ! मरन सत्य छ, तर म सँग झझल्को र आँसु बाहेक केहि छैन बुवा ।’

    यस्तै आज आइतबार शताब्दी पुरुष सत्यमोहन जोशीको पनि १०३ वर्षको उमेरमा निधन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रद्धाञ्जलीका लागि राखिएको शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा समेत ओढाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार