काठमाडौं । नेपालमा प्रदेशका ७७ वटा जिल्लामा ४० हजार २९ जनामा डेंगु पुष्टि भइसकेको छ भने डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
इडिसीडीअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३१ हजार पाँच, लुम्बिनी प्रदेशमा चार हजार ३७०, प्रदेश १ मा एक हजार २४८, सुदूरपश्चिममा एक हजार ९८, गण्डकी प्रदेशमा एक हजार ४९ कर्णाली प्रदेशमा ६३८ र मधेश प्रदेशबाट ६२१ जनामा डेंगु पुष्टि भएको छ ।
यस्तै काठमाडौंमा १२ हजार २५२, ललितपुरमा आठ हजार ७१४, मकवानपुरमा चार हजार ५०, भक्तपुरमा दुई हजार ७३०, दाङमा दुई हजार पाँच, चितवनमा एक हजार ४६०, रुपन्देहीमा एक हजार १७५, धादिङमा ६८३, सुर्खेतमा ४६८ र सुर्खेतमा ४५९ गरी ३३ हजार ९९६ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गए पनि तराईका जिल्लामा भने प्रकोप बढ्न सक्ने डा. दाहालले बताए।