Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युगान्डामा इबोलाको प्रकोप बढेपछि दुई जिल्लामा लकडाउन


    आइतबार, असोज ३० २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। अफ्रिकाको युगान्डामा फेरी इबोला भाइरसको प्रकोप बढेपछि दुई जिल्लामा तीन हप्ता लामो समय लकडाउन गरिएको छ । मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ ।

    युगान्डामा पछिल्लो प्रकोपमा ५८ जना सङ्क्रमित हुनुका साथै १९ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अझै धेरै हुनसक्ने बताइएको छ ।

    यसअघि युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले इबेला कोभिड–१९ जस्तै हावाबाट नसर्ने बताउँदै यसका लागि लकडाउन आवश्यक नरहेको बताए पनि उनले दुई जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका छन् ।

    उनले यस भाइरसको सङ्क्रमणको आशङ्का भएर पनि आइसोलेसनमा नबस्नेहरूलाई पक्राउ गर्न प्रहरीले निर्देशन दिइएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार