Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शताब्दी पुरुष जोशीको निधनमा सरकारले सार्वजनिक विदा दिने


    आइतबार, असोज ३० २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक विदा दिने भएको छ। 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले भने तत्काल निर्णय गरिसकेको छैन ।

    आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको जनाए। 

    ‘भर्खरै मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग समन्वय गरेँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको छ’ उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय विदा दिने निर्णय तय गरिएको छ , यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार