Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चलचित्र ‘प्रेमगीत ३’ ले कमायो ३७ करोड भन्दाबढी 


    आइतबार, असोज ३० २०७९
    765
    Shares
  • २ मिनेट पाठ
  • काठमाडाैं। असोज ७ गतेदेखि नेपाल, भारतसहित ‘वर्ल्डवाइड’ रूपमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कलेक्सन गरेको छ । यस चलचित्रले तीन सातामा ३७ करोड २६ लाख (नेपाली रुपैयाँ)कलेक्सन गरेको निर्माता एवं निर्देशक सन्तोष सेनले जानकारी दिए । 

    सेनका अनुसार चलचित्रले नेपालमा मात्रै तीन सातामा १३ करोड २६ लाख रुपैयाँ कमाएको छ । भारतमा फिल्मले पहिलो साता ३ करोड ४४ लाख भारु कमाएको थियो भने दोस्रो सातामा १ करोड ३२ कमाएको हो। यस्तै नेपाल र भारतबाहेक अन्य देशहरूमा फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु (१४ कराेड ५९ लाख बढी) कमाएको छ। 

    सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा छन्सा भने शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको चलचित्रमा अभिनय छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार