Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उम्मेदवारले यी शीर्षकमा मात्र खर्च गर्न पाउँछन् 


    आइतबार, असोज ३० २०७९
    775
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने भएका छन्। यस्तै ४ मङ्सिरमा हुँदै गरेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका उम्मेदवार र दलहरु आफ्नो चुनावी प्रचारमा आ-आफ्नो निर्वाचन क्षेत्रमा दौडधुप सुरु भएको हो  । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ भने निर्वाचन सामग्री धमाधम जिल्ला पठाउन सुरु गरेको छ।

    निर्वाचनका लागि निर्वाचन क्षेत्रमा दौडधुप सुरु भएसंगै निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा पनि तोकिसकेको छ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र खर्च गर्न पाइन्छ।

    यस्ता छन् उम्मेदवारले खर्च गर्न पाउने शीर्षकहरु 

    मतदाता नामावली खरिद
    सवारी साधन 
    प्रचार प्रसार सामग्री
    छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत)
    ढुवानी
    गोष्ठी अन्तरक्रिया
    कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन
    अन्य प्रचार प्रसार

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार