Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कानुन मन्त्रालयको पदभार अब मन्त्री कार्कीलाई 


    शुक्रबार, असोज २८ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज कानुन मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

    कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) को पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिएका हुन्। सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण र सुधार निरन्तररूपमा चलिरहने प्रक्रिया हो, संसद्मा पेश भएका र पेश हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेश गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु ।’

    मन्त्री कार्कीले स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसंवत्रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको दाबी गरे। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार