Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरको एक्शनपछि एक युवती रित्तो ठेलागाडा समातेर भन्छिन् – मेरो बच्चा बाटोमा रोइरहेको होला


    शुक्रबार, असोज २८ २०७९
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको मौखिक आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेको सनकका भरमा एउटी बेसहारा महिलाको गरिखाने एकमात्र ठेलागाडा फुटालिनुको साथ सामानहरु पनि फालिएको छ। 

    बिहीबार साँझदेखि भाइरल भइरहेको एक भिडिओमा काठमाडौँको थापाथलीस्थित प्रसूति गृह अगाडि ती युवती रित्तो ठेलागाडा समातेर बिलौना अर्थात् गुहार गरिरहेको हृदयविदारक दृश्य देखिएको छ। 

    लमजुङ घर भएकी ती बेसहारा महिला शर्मिला तामाङलाई उनको दुःख देखेर विदेशमा बस्ने एकजना शुभचिन्तकले ठेलागाडा किन्ने पैसा पठाइदिएका रहेछन् । त्यही पैसाले किनेको ठेलागाडामा सामान राखेर उनले प्रसूति गृह अगाडि दिउँसो व्यापार गर्थिन् ।

    महानगरपालिकाले डोजरसहित लिएर गएपछि उनले आफूले त्यस ठाउँ छाड्ने बताएकी थिइन् । तर, छाड्छु भन्दाभन्दै पनि नगर प्रहरी प्रमुख राजु पाण्डेको सनकमा ती निमुखाको उठिबास लगाइयो । सामानहरु फालियो, ठेलागाडा फुटाइयो ।

    बिलौना गर्दै शर्मिला भनिरहेकी छन्, ‘मेरो हातको स्टिल निकाल्न मात्र दुःख गरिरहेकी छु । मेरो हातमा स्टील छ र मलाई काम पनि कसैले दिँदैन । अर्काले दिएको विदेशमा भएको मान्छेले पैसा दिएर किन्देको हो । आजदेखि आउँदिनँ त भनिराखेको थिएँ । मेरो बच्चा बाटोमा रोइरहेको होला ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार